Posts

समसामयिक यथार्थता

त्यसबेला एस‍.एल.सी. लाई फलामे ढोकाको नामले चिनिन्थ्यो। एस‍.एल.सी. दिए पश्चात केहि समय तनाव घटेको हुने, मस्तिष्कले समेत आरामको समयमा राहत महशुस गर्ने समय थियो । तथापी फलामे ढोका पार गरिने नगरिने भन्ने पीर भने आधा जति सहभागीहरुलाई हुन्थ्यो नै। मलाई भने राहत कम, आहत बढि भै रहेको थियो, सातामा केहि दिन पुरा निन्द्रा नपर्ने, भनेको बेलामा खाना खान नपाईने। त्यो  बिद्यालय शिक्षा पार गरेपछिको बिश्राम को समय, भविश्यको योजना बुन्दै मन खुशी राख्नु पर्ने समय थियो। समय व्यवस्थापन गर्ने खासै योजना थिएन, तथापि मन खुशी राख्न चाहँदा चाहँदै पनि सकिएको थिएन। कुरा २०५८ सालको हो, मुलुकमा शसस्त्र राजनैतिक द्वन्द (जनयुध्द) ब्याप्त थियो। मुलभूत रुपमा राज्यले सुरक्षा दस्ता बाहेक सबैलाइ बिद्रोही पो हुन् कि भनि आशंका गर्ने, त्यसको बिपरीत बिद्रोही पक्षले आफु बाहेक सबैलाइ सामन्ति र राज्य पक्षीय देख्ने गर्दथ्यो। दैनिक दुइ, चार आक्रमण, २०- ४० हताहत नभएको दिन नहुने। मासिक २-३ हप्ता मुलुक बन्द हुने, साँच्चै भन्दा मुलुक बन्द बढी खुल्ला कम हुन्थ्यो। त्यसबेलाको समाज, राजनीति अनि अर्थतन्त्र जटिल बन्दै थियो। एवम् री...
  लघुकथा शीर्षक: निर्णयमा लचकता !!!! कुरा २०७२ साल तिरको हो। म जिल्ला स्थित कार्यालयमा कार्यरत थिएं, शुक्रबार भएकोले राजधनी गएको थिएँ‌। शनिबार बिहानै जागा भै नित्यकर्म पश्चात एक जना परम मित्रसँग टेलिफोन संबाद शुरु गरेँ। वहाँ प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयमा कार्यरत रहनु भएकाले कहिले काहिँ हामी भावी मुख्य सचिव भन्ने गर्थ्याैं। वहाँ खुशि हुनुहुने र छिटो निर्णयमा पुग्ने स्वभावको हुनुहुन्थ्यो । बार्ता यस्तो रह्यो। म: सर नमस्ते, आराम हुनुहुन्छ? सर: हजुर, ठीक छ, मैले ठम्याइन नि ! म: (वार्ता जारी राख्दै), अनि सर कता, राजधानि तिरै कि, फिल्डतिर? सर: राजधानि तिरै, अझ मैले ठम्याइन है। म: हजुर, सर यसो भेटघाट गरि चिया खाने कि भनेर नि, सरको बसाइ कतातीर पो? सर: एह, भै हाल्छ नि, म यता काैशलटार तीर बस्छु।। म: सर, म ............. बाोलेको, कतिबेला कता पो भेटाैँ?? सर: हैत, तपाईँ पो। त्यसो भए म भ्याईन यार, यो ‍‍‍‍......... रोग नि बढि रहेको छ, मेरो काम नि सारै ब्यस्त पो छु हई ।।।!!!! म: (मनमनै); शायद निर्णयमा लचकता भनेको यहि होला, यस्तै निर्णयहरुले पो हामी सफल भएका हाैँला है!!!!!! (गम् खाँदै...
सुशासनको संकेत? 1. सचिब र उपसचिब गएको ठाऊँमा यी महाशयहरुलाइ बधाइ स्वागत छ। 2.  देशमा धेरै व्यक्ति बेरोजगार भएकाले चितवनमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीको संख्या बढेको सांसद महतको भनाइ छ । ‘श्रम मन्त्रालय अहिले रोजगारीमा जान पनि नदिने रोजगारी भएकालाई पनि फिर्ता ल्याएर बेरोजगार बनाइदिने । अनि रोजगारी दिन पनि नसक्ने । त्यसैले या हुलको जत्था जम्मा भएको छ,’ उनले भने ।
किटजन्यरोगको जोखिम र हाम्रो दायित्व  विषय प्रवेश: समस्याको कथन: जोखिम नक्शांकन: विद्यमान प्रबन्धहरु: समग्रर अवधारणा: हाम्रो दायित्व: उपसंहार: सन्दर्भ सामग्रीहरु: वातावरण स्वास्थ्य राखी, वरीपरीका पानी जम्ने सबै स्थानको व्यवस्थापन गरौँ, औलो, डेँगु लगायतका किटजन्य रोगहरुबाट बचौं र बचाऔँ ।
संविधान दिवस धेरै नेपालीलाइ संविधानका धाराहरुबारे थाहा नहोला तर अाफ्ना अाधारभूत अावश्यकताहरु गास, वास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा अनि स्वभिमान अनुभुति गर्न चाहन्छन्। यसका लागि तीनै तहका सरकार, नागरिक समाज, नीजि क्षेत्र अनि स्वयं व्यक्तिगत स्तरबाट पनि काम गर्नुपर्ने हुन्छ; जव अाधारभूत अावश्यकताको पुर्ती हुन्छ तव संविधान कार्यान्वयनको सार्थकता हुन्छ। र अन्त्यमा संविधान दिवसकाे सवैमा शुभकामना 
गजल १ सबैतीर विश्वासकाे खेल खेल्नुछ, हराभरा  धरतीमा फल फल्नुछ । समाजमा केहि अभाव त देखीएकै छ, गाँस, बास र कपासले  तन भर्नुछ । भूकम्पले यदाकदा संकेत गर्यै छ, स्व,परिवार र समाजकाे रक्षा गर्नुछ। संबिधानकाे धारामा सहमत भै कन, निकट दिनमै जनबाट स्वागत गर्नुछ । बेला बखत कतैबाट गिध्दे पर्या बेला, अहम् त्यागी लचकता साथ मेल गर्नुछ, मतदाताकाे बलमा समृध्दकाे पथलाइ, अब भने सुशासनकाे फसल भर्नुछ।।

स्मरणमा ती कम्पनहरू

स्मरणमा ती कम्पनहरू धरतीका ती कम्पनहरू; चन्चल मानव मनहरू; टाढिएका परिवार जनहरू, बितेका समय क्रमहरू ।। गोरखा भुकम्पका कणहरू, गुमेका मनुश्यका तनहरू, ढलेका दलिन र भवनहरू, चिरिएका सडक ढलानहरू, भत्किएका नहरका तीरहरू, झरेका पहाडका डिलहरू, खस्किएका मानिसका शीरहरू, बांझिएका खेतबारी र भीरहरू।। समय ब्यतित हुंदै आए, योजनाहरू पनि बन्दै ग्ए, पदासिनहरू फेरिइ नै रहे, कनि कुथी, ऋणपान गरी, ओत त छेल्नै पर्यो, तब, गाऊं कंक्रिटहरूले भरिंदै गए।। तर , तर पनि,, नव नेपाल निर्माणको अभियान कहां गयो? पुनः निर्माणको अभियान कता पुग्यो? एकीकृत बस्ती कति बन्न भ्याए? प्रभावितका मुहारका कति दु:ख हराए?