गजल १

सबैतीर विश्वासकाे खेल खेल्नुछ,
हराभरा धरतीमा फल फल्नुछ ।

समाजमा केहि अभाव त देखीएकै छ,
गाँस,बास र कपासले तन भर्नुछ ।

भूकम्पले यदाकदा संकेत गर्यै छ,
स्व,परिवार र समाजकाे रक्षा गर्नुछ।

संबिधानकाे धारामा सहमत भै कन,
निकट दिनमै जनबाट स्वागत गर्नुछ ।

बेला बखत कतैबाट गिध्दे पर्या बेला,
अहम् त्यागी लचकता साथ मेल गर्नुछ,

मतदाताकाे बलमा समृध्दकाे पथलाइ,
अब भने सुशासनकाे फसल भर्नुछ।।











Comments

Popular posts from this blog

त्यो नियात्रा र यो यात्रा: पाथीभरा दर्शन फरक पर्दा

राष्ट्रिय खोप कार्यक्रम विगतका पाटा अनि भविश्यका बाटाहरु