स्मरणमा ती कम्पनहरू
स्मरणमा ती कम्पनहरू
धरतीका ती कम्पनहरू;
चन्चल मानव मनहरू;
टाढिएका परिवार जनहरू,
बितेका समय क्रमहरू ।।
गोरखा भुकम्पका कणहरू,
गुमेका मनुश्यका तनहरू,
ढलेका दलिन र भवनहरू,
चिरिएका सडक ढलानहरू,
भत्किएका नहरका तीरहरू,
झरेका पहाडका डिलहरू,
खस्किएका मानिसका शीरहरू,
बांझिएका खेतबारी र भीरहरू।।
समय ब्यतित हुंदै आए,
योजनाहरू पनि बन्दै ग्ए,
पदासिनहरू फेरिइ नै रहे,
कनि कुथी,
ऋणपान गरी,
ओत त छेल्नै पर्यो,
तब,
गाऊं कंक्रिटहरूले भरिंदै गए।।
तर ,
तर पनि,,
नव नेपाल निर्माणको अभियान कहां गयो?
पुनः निर्माणको अभियान कता पुग्यो?
एकीकृत बस्ती कति बन्न भ्याए?
प्रभावितका मुहारका कति दु:ख हराए?
Comments
Post a Comment