Posts

Showing posts from September, 2019

स्मरणमा ती कम्पनहरू

स्मरणमा ती कम्पनहरू धरतीका ती कम्पनहरू; चन्चल मानव मनहरू; टाढिएका परिवार जनहरू, बितेका समय क्रमहरू ।। गोरखा भुकम्पका कणहरू, गुमेका मनुश्यका तनहरू, ढलेका दलिन र भवनहरू, चिरिएका सडक ढलानहरू, भत्किएका नहरका तीरहरू, झरेका पहाडका डिलहरू, खस्किएका मानिसका शीरहरू, बांझिएका खेतबारी र भीरहरू।। समय ब्यतित हुंदै आए, योजनाहरू पनि बन्दै ग्ए, पदासिनहरू फेरिइ नै रहे, कनि कुथी, ऋणपान गरी, ओत त छेल्नै पर्यो, तब, गाऊं कंक्रिटहरूले भरिंदै गए।। तर , तर पनि,, नव नेपाल निर्माणको अभियान कहां गयो? पुनः निर्माणको अभियान कता पुग्यो? एकीकृत बस्ती कति बन्न भ्याए? प्रभावितका मुहारका कति दु:ख हराए?