लघुकथा शीर्षक: निर्णयमा लचकता !!!! कुरा २०७२ साल तिरको हो। म जिल्ला स्थित कार्यालयमा कार्यरत थिएं, शुक्रबार भएकोले राजधनी गएको थिएँ। शनिबार बिहानै जागा भै नित्यकर्म पश्चात एक जना परम मित्रसँग टेलिफोन संबाद शुरु गरेँ। वहाँ प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयमा कार्यरत रहनु भएकाले कहिले काहिँ हामी भावी मुख्य सचिव भन्ने गर्थ्याैं। वहाँ खुशि हुनुहुने र छिटो निर्णयमा पुग्ने स्वभावको हुनुहुन्थ्यो । बार्ता यस्तो रह्यो। म: सर नमस्ते, आराम हुनुहुन्छ? सर: हजुर, ठीक छ, मैले ठम्याइन नि ! म: (वार्ता जारी राख्दै), अनि सर कता, राजधानि तिरै कि, फिल्डतिर? सर: राजधानि तिरै, अझ मैले ठम्याइन है। म: हजुर, सर यसो भेटघाट गरि चिया खाने कि भनेर नि, सरको बसाइ कतातीर पो? सर: एह, भै हाल्छ नि, म यता काैशलटार तीर बस्छु।। म: सर, म ............. बाोलेको, कतिबेला कता पो भेटाैँ?? सर: हैत, तपाईँ पो। त्यसो भए म भ्याईन यार, यो ......... रोग नि बढि रहेको छ, मेरो काम नि सारै ब्यस्त पो छु हई ।।।!!!! म: (मनमनै); शायद निर्णयमा लचकता भनेको यहि होला, यस्तै निर्णयहरुले पो हामी सफल भएका हाैँला है!!!!!! (गम् खाँदै...
Posts
- Get link
- X
- Other Apps
सुशासनको संकेत? 1. सचिब र उपसचिब गएको ठाऊँमा यी महाशयहरुलाइ बधाइ स्वागत छ। 2. देशमा धेरै व्यक्ति बेरोजगार भएकाले चितवनमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीको संख्या बढेको सांसद महतको भनाइ छ । ‘श्रम मन्त्रालय अहिले रोजगारीमा जान पनि नदिने रोजगारी भएकालाई पनि फिर्ता ल्याएर बेरोजगार बनाइदिने । अनि रोजगारी दिन पनि नसक्ने । त्यसैले या हुलको जत्था जम्मा भएको छ,’ उनले भने ।
- Get link
- X
- Other Apps
संविधान दिवस धेरै नेपालीलाइ संविधानका धाराहरुबारे थाहा नहोला तर अाफ्ना अाधारभूत अावश्यकताहरु गास, वास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा अनि स्वभिमान अनुभुति गर्न चाहन्छन्। यसका लागि तीनै तहका सरकार, नागरिक समाज, नीजि क्षेत्र अनि स्वयं व्यक्तिगत स्तरबाट पनि काम गर्नुपर्ने हुन्छ; जव अाधारभूत अावश्यकताको पुर्ती हुन्छ तव संविधान कार्यान्वयनको सार्थकता हुन्छ। र अन्त्यमा संविधान दिवसकाे सवैमा शुभकामना
- Get link
- X
- Other Apps
गजल १ सबैतीर विश्वासकाे खेल खेल्नुछ, हराभरा धरतीमा फल फल्नुछ । समाजमा केहि अभाव त देखीएकै छ, गाँस, बास र कपासले तन भर्नुछ । भूकम्पले यदाकदा संकेत गर्यै छ, स्व,परिवार र समाजकाे रक्षा गर्नुछ। संबिधानकाे धारामा सहमत भै कन, निकट दिनमै जनबाट स्वागत गर्नुछ । बेला बखत कतैबाट गिध्दे पर्या बेला, अहम् त्यागी लचकता साथ मेल गर्नुछ, मतदाताकाे बलमा समृध्दकाे पथलाइ, अब भने सुशासनकाे फसल भर्नुछ।।
स्मरणमा ती कम्पनहरू
- Get link
- X
- Other Apps
स्मरणमा ती कम्पनहरू धरतीका ती कम्पनहरू; चन्चल मानव मनहरू; टाढिएका परिवार जनहरू, बितेका समय क्रमहरू ।। गोरखा भुकम्पका कणहरू, गुमेका मनुश्यका तनहरू, ढलेका दलिन र भवनहरू, चिरिएका सडक ढलानहरू, भत्किएका नहरका तीरहरू, झरेका पहाडका डिलहरू, खस्किएका मानिसका शीरहरू, बांझिएका खेतबारी र भीरहरू।। समय ब्यतित हुंदै आए, योजनाहरू पनि बन्दै ग्ए, पदासिनहरू फेरिइ नै रहे, कनि कुथी, ऋणपान गरी, ओत त छेल्नै पर्यो, तब, गाऊं कंक्रिटहरूले भरिंदै गए।। तर , तर पनि,, नव नेपाल निर्माणको अभियान कहां गयो? पुनः निर्माणको अभियान कता पुग्यो? एकीकृत बस्ती कति बन्न भ्याए? प्रभावितका मुहारका कति दु:ख हराए?