त्यो नियात्रा र यो यात्रा : पाथीभरा दर्शन फरक पर्दा परिचय ताप्लेजुङ्ग स्थित पाथीभरा धामको यात्रा नेपालीहरुको आस्था , साहस र संस्कृतिको प्रतीक हो ; यसले पर्यटकहरुलाई पनि उत्तिकै आकर्षण गर्दै आएको छ। विगतका दशकहरूमा यो यात्रा केवल धार्मिक उद्देश्य नभई कठिन साहसिक यात्राको अनुभव समेत थियो।२०२० - २०३० सालतिर पाथीभरा पुग्नु आफैंमा एउटा कठिन तपस्या जस्तै मानिन्थ्यो ; साँघुरो बाटो , घाम-पानी र पहिरोको जोखिम , तर पनि ती कठिनाइहरू नै वास्तविक श्रद्धाको परीक्षण थिए।आज त्यो यात्रा आधुनिक सुविधाहरुको उपभोग गर्दै सहज र केहि सरल बनेको छ।फरक अनुभूतीसँगै सांस्कृतिक र आध्यात्मिक अनुभूतीका साथै प्रकृतिक मनोरञ्जनका रुपमा आज भोली पाथिभरा दर्शनमा दर्शनार्थीहरु जाने गरेको पाईन्छ।यस आलेखमा पङक्तिकारले अघिल्लो पुस्तासँग गरेको अन्तरकृया , २०६३ सालमा पहिलो पटक र २०८२ मा दोश्रो पटक को यात्रामा लिएको अनुभव तथा भोगेको रूपान्तरणलाई संस्मरणात्मक ढङ्गमा चित्रण गरिएको छ। १ . फुङ्गलिङ बजार सम्मको पहुँच : मेची राजमार्ग स्थित कावेली नदीमा पक्की पुल वन्नु अघि काठमाडौँबाट ताप्लेजुङ पुग्ने प्रमुख बाटो हवा...
राष्ट्रिय खोप कार्यक्रम विगत का पाटा अनि भविश्यका बाटाहरु पृष्ठभुमीः - खोप भन्नाले सामान्य त : विभीन्न स ङ्क्रामक तथा सरुवा रोग लाग्नु भन्दा अगावै सम्वन्धित रोग विरु द्ध प्रतिरक्षा प्रणाली विकास गरी रोग लाग्नबाट सुरक्षा प्रदान गर्न सक्ने इम्युनोबायोलोजिकल (Immunobiological substance) पदार्थलाई बुझिन्छ।खोपको विकास सँगसँगै यसको प्रभावकारी कार्यान्वयन पश्चात विश्वबाट नै विफर जस्तो प्राणघातक रोग उन्मुलन भएको र खोपबाट बच्न सकिने पोलियो , मातृ तथा नवशिशु धनुष् टंका र , दादुरा रुवेला लगायतका रोगहरु विश्वका अधिकांश देशहरु मा नियन्त्रण भै निवारणको चरणमा प्रवेश गरेका छन्। डा. Edward Jenner ले सन १७९६ खोपको अवधारणा विकास गरी आविश्कार गरे पश्चात नै विश्वमा जनसंख्या व्यवस्थापन तथा रोग नियन्त्रणमा जादुमयी समयको शुरु भएको हो भनी भन्न सकिन्छ। खोप कार्यक्रम लागतको आधारमा धेरै प्रतिफल प्राप्त गर्न सकिने लागत प्रभावकारी ( cost effective) जनस्वास्थ्य कार्यक्रम रहेको छ , विभीन्न अध्ययन अनुसन्धानहरुबाट खोप कार्यक्रममा लगानीको तुलनामा २० गुणा सम्म प्रतिफल प्राप्त गर्न सकिने निचोडहरु सा...
लघुकथा शीर्षक: निर्णयमा लचकता !!!! कुरा २०७२ साल तिरको हो। म जिल्ला स्थित कार्यालयमा कार्यरत थिएं, शुक्रबार भएकोले राजधनी गएको थिएँ। शनिबार बिहानै जागा भै नित्यकर्म पश्चात एक जना परम मित्रसँग टेलिफोन संबाद शुरु गरेँ। वहाँ प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयमा कार्यरत रहनु भएकाले कहिले काहिँ हामी भावी मुख्य सचिव भन्ने गर्थ्याैं। वहाँ खुशि हुनुहुने र छिटो निर्णयमा पुग्ने स्वभावको हुनुहुन्थ्यो । बार्ता यस्तो रह्यो। म: सर नमस्ते, आराम हुनुहुन्छ? सर: हजुर, ठीक छ, मैले ठम्याइन नि ! म: (वार्ता जारी राख्दै), अनि सर कता, राजधानि तिरै कि, फिल्डतिर? सर: राजधानि तिरै, अझ मैले ठम्याइन है। म: हजुर, सर यसो भेटघाट गरि चिया खाने कि भनेर नि, सरको बसाइ कतातीर पो? सर: एह, भै हाल्छ नि, म यता काैशलटार तीर बस्छु।। म: सर, म ............. बाोलेको, कतिबेला कता पो भेटाैँ?? सर: हैत, तपाईँ पो। त्यसो भए म भ्याईन यार, यो ......... रोग नि बढि रहेको छ, मेरो काम नि सारै ब्यस्त पो छु हई ।।।!!!! म: (मनमनै); शायद निर्णयमा लचकता भनेको यहि होला, यस्तै निर्णयहरुले पो हामी सफल भएका हाैँला है!!!!!! (गम् खाँदै...
Comments
Post a Comment