विषाणुको परिवर्तनशीलता
विषाणु,
सुक्ष्म अनि घातक,
घातक अनि आवधिक,
आवधिक अनि संक्रामक,
संक्रामक तर परिवर्तनशील।
मानव,
वृहद संजालयुक्त साथै सामाजिक,
सामाजिक साथै सम्वाहक,
सम्वाहक साथै सम्मोहक,
सम्मोहक साथै अगतिक ।
त्यहि सुक्ष्म विषाणु र वृहद मानवबीच,
आवधिक रुपमा अन्तर्कृया,
ठेल मठिल भएकै थियो,
कहिले दादुरा र डाईरिया,
त,
कहिले इन्फ्लुएन्जा र इबोला,
सुनेकै थियो,
भोगेकै थियो,
सानो तिनो ठक्कर खाएकै थियो,
अन्तमा
कहिले सानो त कहिले ठूलो,
क्षति सहित हल भएकै थियो।
एक्काइसौँ शताब्दीको शुरुवात सहित
विषाणुले रुप बदल्यो,
भिन्न रुपमा प्रकट भयो,
सार्स, मर्स हुँदै
विभीन्न रुपमा बदलिँदै गयो,
२०१९ सम्म आईपुगेर कोभिड १९ को रुप लियो।
मानव वृहद रहिरह्यो,
विषाणु सुक्ष्म हुने नै भयो।
मानव बढी नै स्थिर,
विषाणु परिवर्तनशील,
त्यसैले त मानव सामु विषाणुको
संघर्ष सहितको विजय यात्रा रही रह्यो।।।
Comments
Post a Comment