लघुकथा
शीर्षक: निर्णयमा लचकता !!!!
कुरा २०७२ साल तिरको हो। म जिल्ला स्थित कार्यालयमा कार्यरत थिएं, शुक्रबार भएकोले राजधनी गएको थिएँ। शनिबार बिहानै जागा भै नित्यकर्म पश्चात एक जना परम मित्रसँग टेलिफोन संबाद शुरु गरेँ। वहाँ प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयमा कार्यरत रहनु भएकाले कहिले काहिँ हामी भावी मुख्य सचिव भन्ने गर्थ्याैं। वहाँ खुशि हुनुहुने र छिटो निर्णयमा पुग्ने स्वभावको हुनुहुन्थ्यो । बार्ता यस्तो रह्यो।
म: सर नमस्ते, आराम हुनुहुन्छ?
सर: हजुर, ठीक छ, मैले ठम्याइन नि !
म: (वार्ता जारी राख्दै), अनि सर कता, राजधानि तिरै कि, फिल्डतिर?
सर: राजधानि तिरै, अझ मैले ठम्याइन है।
म: हजुर, सर यसो भेटघाट गरि चिया खाने कि भनेर नि, सरको बसाइ कतातीर पो?
सर: एह, भै हाल्छ नि, म यता काैशलटार तीर बस्छु।।
म: सर, म ............. बाोलेको, कतिबेला कता पो भेटाैँ??
सर: हैत, तपाईँ पो। त्यसो भए म भ्याईन यार, यो ......... रोग नि बढि रहेको छ, मेरो काम नि सारै ब्यस्त पो छु हई ।।।!!!!
म: (मनमनै); शायद निर्णयमा लचकता भनेको यहि होला, यस्तै निर्णयहरुले पो हामी सफल भएका हाैँला है!!!!!! (गम् खाँदै, फोन राखी दिएँ। म पनि ब्यस्त भएकोले धन्यवाद सर भन्न नि भ्याइनछु।)
कथा समाप्त,
लेख्नेलाई फुलको माला,
पढ्नेलाई .... (सुन त मँहंगो भा छ)
सेशन समाप्त, धन्यवाद ।।।।।
नोट: कुनै घटना सँग मेल खाएमा संयोग मात्र हुनेछ।
तीखो व्यङ्ग्य सर्वत्र विकृति।
ReplyDeleteयथार्थ
ReplyDeleteGood Story.
ReplyDelete