सुशासनको भाष्य
एक मनुश्यको नाताले,
अविराम यात्रुको भेष लाएकै थियो,
गाम बेँसीमा तलमाथी भएकै थियो,
एवम् रीतले गुजारा चल्दै थियो,
कुनै दिन,
बा ले बिहानै कुरा झिक्नु भयो,
मा ले होस्टेमा हैँसे मिलाउँनु भो,
दाजु, मामा, काका अनि दिदीहरुले नि,
हौसलाको भाषामा हो मा हो गर्नु भो।
सम्झेँ,
जन्म, मृत्यु अनि यस्तै कुराहरु संयोग हुने,
नजुरी नहुने,
जुरेको साइत नउम्कने,
तब त सबै तीरको मत एकै भयो,
अन्तत सर्व सम्मत भै गयो।
जब,
युगल जीवनको तय भयो,
केही उत्साह, केहि दबाब बढ्ने नै भयो,
नाता सम्बन्ध झाँगिदै गयो,
एउटा केटो पुरुषमा रुपान्तरण हुँदा,
अर्को केटी महिलामा बदलिनु पर्यो।
अन्ततः एक जोडी वर र वधु,
दोहोरो सहमती बन्यो,
वरीपरीबाट हल्ला आयो,
यो जोडी नगद बाट जिन्सीमा परिणत भयो।
वरमाला, सिन्दुर पोते, रत्यौली, प्रितीभोजको जो,
एक दुइ दिनमै माहोल सकियो।
अर्को दिन,
पल्ला गाउँका मुखिया बा सँग भेट भयो,
बुहारीको पनि चिनाजान भयो,
त्यहि बेलामा बिहा दर्ताको विमर्श भयो।
अनि भोली पल्टै,
अड्डातीर लागियो,
सोधपुछ गरियो,
दरखास्त भरियो,
त्यस पछि कुर्नु कुरियो।
५,१०,१५,२० मिनट हुँदै, एकाध घण्टा बित्यो,
खुट्टा दुख्यो, घाम डुब्यो,
बल्ल बल्ल वहाँको आगमन भयो,
केही श्वास आयो,तनमाआँत भरीयो।
अघि पछि २-४ जनको लावा लस्कर आयो,
क्रमिक रुपले
ढोका उघारियो,
झोला बिसाइयो,
पानी र चियाको सेवा पुर्याइयो।
अनि त, माहोल पुरै बदलियो,
निमेष भरमै,
गुमनाम अड्डामा गानगुन बढ्यो,
सुनसान डेस्कहरु भरिभराउ भयो,
दुइ चार जन मुन्द्रे अनि कुण्डलेको प्रवेश भयो,
साथमा प्रहरी जवानको हल्ली खल्ली सुनियो,
त्यहि बेला,
सहचारी, सहयोगी, परिचारी,
मुन्द्रे, कुण्डले, भण्डारे अनि पसलेको आेहोर दोहोर बढि नै रह्यो।
म भने,
अक्क बक्क बनेँ,
भित्र जाउँ, द्वार बन्द छ,
बाहिर जाउँ, अड्डा खुल्ला छ,
दरखास्त फारम ज्युँ का त्युँ छ,
तथापि यहाँ सुशासन कायम छ,
किनकि,
मुल द्वारमै स्वच्छ र सक्षम निजामती प्रशासन,
समृद्दि र सुशासन लेखिएकै छ।
पसले र भन्डारेको
Comments
Post a Comment