समसामयिक यथार्थता
त्यसबेला एस.एल.सी. लाई फलामे ढोकाको नामले चिनिन्थ्यो। एस.एल.सी. दिए पश्चात केहि समय तनाव घटेको हुने, मस्तिष्कले समेत आरामको समयमा राहत महशुस गर्ने समय थियो । तथापी फलामे ढोका पार गरिने नगरिने भन्ने पीर भने आधा जति सहभागीहरुलाई हुन्थ्यो नै। मलाई भने राहत कम, आहत बढि भै रहेको थियो, सातामा केहि दिन पुरा निन्द्रा नपर्ने, भनेको बेलामा खाना खान नपाईने। त्यो बिद्यालय शिक्षा पार गरेपछिको बिश्राम को समय, भविश्यको योजना बुन्दै मन खुशी राख्नु पर्ने समय थियो। समय व्यवस्थापन गर्ने खासै योजना थिएन, तथापि मन खुशी राख्न चाहँदा चाहँदै पनि सकिएको थिएन। कुरा २०५८ सालको हो, मुलुकमा शसस्त्र राजनैतिक द्वन्द (जनयुध्द) ब्याप्त थियो। मुलभूत रुपमा राज्यले सुरक्षा दस्ता बाहेक सबैलाइ बिद्रोही पो हुन् कि भनि आशंका गर्ने, त्यसको बिपरीत बिद्रोही पक्षले आफु बाहेक सबैलाइ सामन्ति र राज्य पक्षीय देख्ने गर्दथ्यो। दैनिक दुइ, चार आक्रमण, २०- ४० हताहत नभएको दिन नहुने। मासिक २-३ हप्ता मुलुक बन्द हुने, साँच्चै भन्दा मुलुक बन्द बढी खुल्ला कम हुन्थ्यो। त्यसबेलाको समाज, राजनीति अनि अर्थतन्त्र जटिल बन्दै थियो। एवम् री...