Posts

त्यो नियात्रा र यो यात्रा: पाथीभरा दर्शन फरक पर्दा

Image
  त्यो नियात्रा र यो यात्रा : पाथीभरा दर्शन फरक पर्दा परिचय ताप्लेजुङ्ग स्थित पाथीभरा धामको यात्रा नेपालीहरुको आस्था , साहस र संस्कृतिको प्रतीक हो ; यसले पर्यटकहरुलाई पनि उत्तिकै आकर्षण गर्दै आएको छ। विगतका दशकहरूमा यो यात्रा केवल धार्मिक उद्देश्य नभई कठिन साहसिक यात्राको अनुभव समेत थियो।२०२० - २०३० सालतिर पाथीभरा पुग्नु आफैंमा एउटा कठिन तपस्या जस्तै मानिन्थ्यो ; साँघुरो बाटो , घाम-पानी र पहिरोको जोखिम , तर पनि ती कठिनाइहरू नै वास्तविक श्रद्धाको परीक्षण थिए।आज त्यो यात्रा आधुनिक सुविधाहरुको उपभोग गर्दै सहज र केहि सरल बनेको छ।फरक अनुभूतीसँगै सांस्कृतिक र आध्यात्मिक अनुभूतीका साथै प्रकृतिक मनोरञ्जनका रुपमा आज भोली पाथिभरा दर्शनमा दर्शनार्थीहरु जाने गरेको पाईन्छ।यस आलेखमा पङक्तिकारले अघिल्लो पुस्तासँग गरेको अन्तरकृया , २०६३ सालमा पहिलो पटक र २०८२ मा दोश्रो पटक को यात्रामा लिएको अनुभव तथा भोगेको रूपान्तरणलाई संस्मरणात्मक ढङ्गमा चित्रण गरिएको छ। १ . फुङ्गलिङ बजार सम्मको पहुँच : मेची राजमार्ग स्थित कावेली नदीमा पक्की पुल वन्नु अघि काठमाडौँबाट ताप्लेजुङ पुग्ने प्रमुख बाटो हवा...

नेपालको उत्पादन व्यवस्था, अर्थव्यवस्था र संविधानको परिप्रेक्ष्यमा विवेचना

नेपालको उत्पादन व्यवस्था, अर्थव्यवस्था र संविधानको परिप्रेक्ष्यमा विवेचना 1. परिचय नेपालको आर्थिक इतिहास र वर्तमान अवस्थाका बीचको सम्बन्ध, संविधानको धारणा र व्यवहारिक कार्यान्वयनका बीचको फरक विश्लेषण गर्ने उद्देश्यले यो अध्ययन तयार गरिएको हो। यसमा ऐतिहासिक, आर्थिक, र सामाजिक पक्षहरूलाई समेटिएको छ। 2. नेपालको प्राग ऐतिहासिक कालदेखि वर्तमानसम्मको उत्पादन व्यवस्था र अर्थव्यवस्था प्राचीनकालदेखि परम्परागत कृषिप्रधान अर्थव्यवस्था। माओबादी आन्दोलन र समाजवादी विचारधारा। औद्योगिक युग र आधुनिक युगको संक्रमण। (स्रोत: नेपाल ऐतिहासिक अध्ययन, विश्व बैंक रिपोर्ट) 3. नेपालको संविधान र समाजवाद उन्मुख अर्थव्यवस्थाको उल्लेख संविधानको प्रस्तावना र धारणाहरू। समाजवादको परिभाषा र नेपालको संविधानमा यसको स्थान। संविधान र व्यवहारिक कार्यान्वयनबीचको अन्तर। (स्रोत: नेपालको संविधान, नेपाली सरकारी दस्तावेज) 4. 1982 पश्चातको आर्थिक र संरचनात्मक परिवर्तनहरू संरचनागत समायोजन कार्यक्रम (SAP)। निजीकरण, विदेशी लगानी, र खुला बजार नीति। WTO सदस्यता र यसको प्रभाव। (स्रोत: विश्व व्यापार संगठन रिपोर्ट, नेपाल सरकारको आर्थिक न...
  नेपालको समाजवाद–उन्मुख अर्थतन्त्र: प्राग ऐतिहासिक कालदेखि AI युगसम्मको उत्पादन प्रणाली र राज्यनीतिसँगको सम्बन्ध (प्रारम्भिक रूपरेखा: २० शीर्षक र सारांश सहित) १. प्रस्तावना: संविधानको समाजवाद–उन्मुख दृष्टिकोण नेपालको संविधानको प्रस्तावनामा “समाजवाद–उन्मुख स्वतन्त्र, समान र समृद्ध अर्थतन्त्र” को घोषणा गरिएको छ। तर व्यवहारमा नेपालको आर्थिक ढाँचा अझै मिश्रित, बजार–निर्देशित र दातृ–निर्भर देखिन्छ। यो निबन्धले सिद्धान्त र व्यवहारबीचको अन्तरलाई ऐतिहासिक र विश्लेषणात्मक रूपमा प्रस्तुत गर्नेछ। २. प्रागऐतिहासिक अर्थतन्त्र र प्रारम्भिक उत्पादन प्रणाली नेपालमा प्रारम्भिक उत्पादन मुख्यतः शिकार, सङ्कलन र कृषि आधारित थियो। स्वावलम्बन र सामुदायिक स्वामित्वको भावना त्यसबेला विद्यमान समाजवादी विचारको आरम्भिक स्वरूप थियो। ३. लिच्छवी कालको अर्थ–राजनीति र श्रम विभाजन लिच्छवी कालमा कृषि, साना उद्योग र व्यापार विकसित भए। राज्यले भूमिको स्वामित्व र कर प्रणालीमार्फत अर्थनीति चलायो, जसले वर्गीय संरचनाको सुरुवात गर्‍यो। ४. मल्लकालीन अर्थव्यवस्था: व्यापारिक उत्कर्ष र सामाजिक असमानता मल्लकालमा ...

सरकारी खर्चमा व्यापक कटौती

सरकार सिमीत, अनुत्पादक मात्र होईन दिगो श्रोत समेत हो। परम्परागत रुपमा रहेको सिमीत श्रोतलाई विश्वसनीय र दिगो बनाई उत्पादक बनाउँने एक स्वर्ण अवसर।।। सरकारी खर्चमा व्यापक कटौती : सार्वजनिक संरचनाको पुनर्निर्माण र निर्वाचनको खर्च व्यवस्थापनका लागि सरकारले अहिलेसम्मकै सबैभन्दा ठुलो खर्च कटौतीको निर्णय गरेको छ । विगतदेखि नै चालु खर्च घटाउने र मितव्ययी बन्ने रटान लाग्दै आए पनि सरकारले यस पटक खर्च कटौतीमा ठोस कदम चालेको हो ।
 स्थानीय तहमा तीन वर्ष

राष्ट्रिय खोप कार्यक्रम विगतका पाटा अनि भविश्यका बाटाहरु

राष्ट्रिय खोप कार्यक्रम विगत का पाटा अनि भविश्यका बाटाहरु पृष्ठभुमीः - खोप भन्नाले सामान्य त : विभीन्न स ङ्क्रामक तथा सरुवा रोग लाग्नु भन्दा अगावै सम्वन्धित रोग विरु द्ध प्रतिरक्षा प्रणाली विकास गरी रोग लाग्नबाट सुरक्षा प्रदान गर्न सक्ने इम्युनोबायोलोजिकल (Immunobiological substance) पदार्थलाई बुझिन्छ।खोपको विकास सँगसँगै यसको प्रभावकारी कार्यान्वयन पश्चात विश्वबाट नै विफर जस्तो प्राणघातक रोग उन्मुलन भएको र खोपबाट बच्न सकिने पोलियो , मातृ तथा नवशिशु धनुष् टंका र , दादुरा रुवेला लगायतका रोगहरु विश्वका अधिकांश देशहरु मा नियन्त्रण भै निवारणको चरणमा प्रवेश गरेका छन्। डा. Edward Jenner   ले सन १७९६ खोपको अवधारणा विकास गरी आविश्कार गरे पश्चात नै विश्वमा जनसंख्या व्यवस्थापन तथा रोग नियन्त्रणमा जादुमयी समयको शुरु भएको हो भनी भन्न सकिन्छ। खोप कार्यक्रम लागतको आधारमा धेरै प्रतिफल प्राप्त गर्न सकिने लागत प्रभावकारी ( cost effective) जनस्वास्थ्य कार्यक्रम रहेको छ , विभीन्न अध्ययन अनुसन्धानहरुबाट खोप कार्यक्रममा लगानीको तुलनामा २० गुणा सम्म प्रतिफल प्राप्त गर्न सकिने निचोडहरु सा...