Posts

Showing posts from December, 2023

कसको शिक्षा कस्तो शिक्षा

Image
        कसको शिक्षा कस्तो शिक्षा                  केशव रिजाल वुध्दशान्ति ०२ , झापा विकास भन्नाले सामान्यतया सकारात्मक परिवर्तनको अवस्थालाइ लिइन्छ। शिक्षाको स्तर वढ्नु , स्वास्थ्य सेवाको पहुँच पुग्नु , सडक सञ्जाल वढ्नु , सञ्चारको विविधिकरण हुनु , विद्युतको सुविधा वढ्नु र नागरिकको आर्थिक सक्षमता वढ्नु जस्ता पक्षहरुले विकासको विविध रुपलाई प्रतिनिधित्व गरी रहेका हुन्छन्। शिक्षा , स्वास्थ्य , सञ्चार , यातायात तथा विद्युत जस्ता पक्षहरुलाई विकासका पुर्वाधारको रुपमा लिइँदै आएको छ। अर्को तर्फबाट भौतिक विकास , आर्थिक विकास र मानवीय ( सामाजिक ) विकासका रुपमा विकासका विविध पक्षहरुलाइ लिने गरिन्छ। विश्वको विकासको परिदृष्यलाइ अवलोकन गर्ने हो भने , शुरुमा भौतिक विकासलाइ जोड दिए ता पनि मानवीय ( सामाजिक ) विकास त्यसमा पनि शिक्षाको विकासलाई सवै विकासको मुख्य आधारशीलाको रुपमा लिन सकिन्छ। सवै धनहरुमध्ये विद्या धनलाई महत्तम धनका रुपमा लिइने हुनाले नै विद्या धनम् सर्व धनम् प्रधानम् भन्ने ...